क्रम्पटनको अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतीय होम अप्लाएन्स ब्राण्ड क्रम्पटनले ‘यस दशैँ-तिहार, उपहारै उपहारको बहार’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले क्रम्पटनका विभिन्न होम अप्लाएन्स खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि नेपालभर लागू हुने सिजी इम्पेक्सले जनाएको छ ।

योजना अवधिभर हरेक साता एक ग्राहकलाई मिक्सर ग्राइनडर वा इन्डक्सन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई मिडियाको साइड बाइ साइड रेफ्रिजिरेटर बम्पर उपहारस्वरूप प्रदान गरिने बताइएको छ ।

एक्सचेन्ज अफर सुविधाका साथै ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत आकर्षक छुट तथा उपहारसमेत रहेको कम्पनीले जनाएको छ । क्रम्पटन ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इम्पेक्स रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?