अग्लुङ्गका तीन विद्यार्थीलाई उत्कृष्टता पुरस्कार

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी। गुल्मीको पश्चिम क्षेत्रमा पर्ने एक सामुदायिक विद्यालयका विद्यार्थीलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ ।

जिल्लाको मदाने गाउँपालिका–१, मा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयका तीन जना विद्यार्थीलाई माइक प्रिशस उत्कृष्टता पुरस्कार २०७९ प्रदान गरिएको हो ।

यस विद्यालयमा अध्ययन गर्ने तीन जना विद्यार्थी प्रत्येकलाई नगद सात हजार ५०० रुपियाँसहित प्रशंसा पत्र प्रदान गरिएको द सनराईज युवा क्लबका विवश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबको आयेजनामा एक गरि उक्त पुरस्कार वितरण गरिएको हो ।

कक्षा–७ मा अध्ययनरत छात्रा कल्पना बोहोरा, कक्षा–८ मा अध्ययनरत छात्र नारायण केसी र छात्रा मनिषा विष्टलाई पुरस्कार वितरण गरिएको हो । गौमुखी विकास क्षेत्रको समन्वयमा डाक्टर गौतम न्यौपाने फाउन्डेसनद्वारा संयोजित तथा बेलायती नागरिक माइक प्रीशसद्वारा प्रायोजित माइक प्रीशस उत्कृष्टता छात्रवृत्ति स्वरुप यस विद्यालयका तीन जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको लागि १५ दिनसम्म आवेदन खुलाइएको थियो । आवेदन दिएका विद्यार्थीहरुलाई छात्रवृत्ति छनोट समितिद्वारा पुरस्कारका लागि छनोट गरिएपश्चात् सो संख्यामा पुरस्कार वितरण गरिएको बताइएको छ ।

कार्यक्रममा यहाँका जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?