‘अशेष मल्ल : अनुभूतिको विविध प्रवाहमा’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘अशेष मल्ल : अनुभूतिको विविध प्रवाहमा’ पुस्तक लोकार्पण भएको छ । विश्वराज अधिकारी तथा ममता मृदुलद्वारा सम्पादित पुस्तक ‘अशेष मल्ल : अनुभूतिको विविध प्रवाहमा’ नारी स्रष्टा समाज, विराटनगरले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कवि डा. विष्णुविभु घिमिरेलगायतले लोकार्पण गर्नुभएको हो ।

सो अवसरमा डा. घिमिरेले मल्ल र आफ्नो सम्बन्ध २०३२ सालमा विराटनगरमा पढ्दादेखि नै भएको बताउनुभयो । कार्यक्रममा आउँदासम्म आफ्नाबारेमा लेखिएको पुस्तक सार्वजनिक हुँदैछ भन्ने अशेष मल्ललाई जानकारी थिएन । मञ्चमा मोडिएको ब्यानर सिधा बनाएपछि त्यो हेरेर मल्ल र उहाँकी पत्नी प्रा.डा. सावित्री मल्ल कक्षपती आश्चर्यचकित हुनुभएको थियो ।

सम्बोधनका क्रममा नाट्यस्रष्टा अशेष मल्लले भावुक हुँदै नाटकप्रतिको आफ्नो पागलपनले नै आफूलाई यहाँसम्म ल्याइपु¥याएको बताउनुभयो ।

कार्यक्रममा लेखक खेमराज पोखरेलले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै स्रष्टाको जीवनकालमै कृति आउनु स्तुत्य रहेको सुनाउनुभयो ।
पुस्तकभित्र सम्पादकहरू, डा. घिमिरेसहित १८ जनाले अशेष मल्लको व्यक्तित्व र कृतित्वबारे लेख्नुभएको छ । उक्त अवसरमा प्रा.डा. कक्षपती, श्रीओम श्रेष्ठ रोदन, लक्ष्मीकृष्ण श्रेष्ठ, रञ्जना निरौलाले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?