निर्देशक छेतनको घर बनाइदिने सन्तोष सेनको घोषणा

Read Time = 2 mins

काठमाडौं । ‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको घर बनाइदिने सन्तोष सेनले घोषणा गर्नुभएको छ । सेनले आइतबार मिडिया र निर्देशक गुरुङको आमालाई साक्षी राखेर चलचित्रले नकमाए पनि उहाँको घर बनाइदिने घोषणा गर्नुभएको हो । सेनले भन्नुभयो, ‘छेतन दिइले छाड्नुभएको सिर्जना अहिले विश्वमा लागेको छ । यस्तो सिर्जना भएको मान्छे जन्माउनु भएकोमा आमालाई धेरै-धेरै धन्यवाद । एकतले घरलाई दुईतला बनाउने छेतन दाइको सपना थियो । म आज आमाको अगाडि भन्छु कि फिल्मले भलै पैसा नकमाओस् तर हजुरको घर बन्छ ।’ निर्माता सन्तोष सेनको यो घोषणा निर्देशक छेतन गुरुङप्रति वास्तविक श्रद्धाञ्जलि हो ।

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता चलचित्रको पटकथा तथा संवाद लेख्नुभएका गुरुङले ‘डमरुको डण्डीवियो’बाट निर्देशनको सुरुवात गर्नुभएको थियो । ‘प्रेमगीत ३’ को हिन्दी संस्करण सोमबारदेखि नेपालमा प्रदर्शन भएको छ । भारत र विश्वभर यसको हिन्दी संस्करण शुक्रबारबाट प्रदर्शनमा आएको हो भने नेपालमा सोमबारबाट प्रदर्शनमा आएको छ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको चलचित्रलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गर्नुभएको हो । पहिलोपटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा यो चलचित्र ल्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?