काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र अजोड इन्सुरेन्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा इ-बीमाका प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।
निर्देशक ज्ञवालीले अजोडसँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउनुभयो । अजोडका प्रमुख कार्यकारी अधिकृत खत्रीले सहकार्यले सर्वसाधारणलाई बीमा सेवामा पहुँच गर्न सजिलो माध्यम सिर्जना हुने बताउनुभयो ।
इ-बीमाले नेपालमा भएका सबै बीमासम्बन्धी सेवाका लागि एक-स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने कम्पनीको दाबी छ । इ-बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवालाई डिजिटलाइज गर्न सक्रिय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच