बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । बकिंगम दरबारले बिहीबार ढिला गरेर जारी गरेको सूचनामा महारानी एलिजाबेथको बोलमोरलमा निधन भएको छ । उहाँ केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहनुभएको थियो ।

उहाँको निधनले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । उहाँ विश्वकै सबैभन्दा वृद्ध राष्ट्र प्रमुख पनि हुनुहुन्छ ।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हो। उहाँ सन् १९५२ मा महारानी बन्नुभएको थियो । अब उहाँपछि उहाँका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नुहुनेछ। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान हुनुहुन्छ ।

सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उहाँलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?