वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहाल तेज-तीर्थ ट्रष्टद्वारा सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तेज–तीर्थ ट्रष्टले वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ ।

जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज-तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा हिमालय टाइम्सका प्रधान सम्पादक समेत रहनुभएको दाहाल रु एक लाख नगद र प्रमाणपत्रद्वारा सम्मानित हुनु भएको छ ।

ट्रष्टले स्वतन्त्रता तथा शान्तिका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै वरिष्ठ पत्रकार एवं प्राध्यापक दाहाललाई सम्मान गरेको हाे ।

उक्त सम्मान तथा पुरस्कार गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको हातबाट प्रदान गरिएको थियो ।

नेपाली कांग्रेस काठमाडौँका पूर्वपार्टी सभापति एवं पूर्वराज्यमन्त्री तीर्थराम डङ्गोल र उहाँको धर्मपत्नी तेजमाया डङ्गोल नाममा स्थापित तेज–तीर्थ ट्रष्टले सामाजिक र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरेको थियो ।

यस्तै ट्रष्टले प्रजातन्त्र र शान्तिका क्षेत्रमा पत्रकारिता गर्ने वरिष्ठ पत्रकार कवीर राणा र युवा पत्रकार राधिका बुढाथोकीलाई सम्मान तथा पुरस्कार गरिएको छ । उहाँहरुलाई रु ५० हजारका दरले पुरस्कृत गरिएको हो । नेवारी साहित्यमा ख्याति प्राप्त एक महिला तथा एक पुरुष साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँहरुलाई पनि रु ५० हजार नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?