शाओमी निरन्तर शीर्ष स्थानमा

Read Time = 2 mins

काठमाडौं । शाओमीले मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्र्याकरको दोस्रो त्रैमासिक २०२२ को रिलिजअनुसार नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भन्नुभयो, ‘आइडिसीको रिपोर्टअनुसार निरन्तर आठौं त्रैमासिकसम्म पनि हामी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्न सफल भएका छौं, जुन हाम्रा लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड बनाउनुहुने एवं हाम्रो यात्रामा सहभागी हुनुहुने हाम्रा समस्त मी फ्यान, व्यापारिक साझेदार र हाम्रा सम्पूर्ण स्टेकहोल्डरप्रति हामी आभारी छौं ।’

रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मूल्यका धेरै उत्पादन बजारमा ल्याएका कारण शाओमी ब्राण्ड आकर्षण देखिएको कम्पनीको भनाइ छ । साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्याण्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यांक, मी प्याड ५ र हालसालै एयर प्युरिफायेर, एयर कम्प्रेसरलगायत ३० नयाँ इकोसिस्टम उत्पादन पनि ल्याएको छ । कम्पनीले देशभर १२ आधिकारिक स्टोर र १८ सर्भिस सेन्टर स्थापना गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?