काठमाडौं । मुक्तिनाथ विकास बैंकको १७औँ वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको छ । उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । साथै साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पनि पारित गरेको छ ।
बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिबारे प्रकाश पार्नुभएको थियो ।
साधारणसभामा सञ्चालक समितितर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि विभिन्न सेयर धनीका जिज्ञासा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले सम्बोधन गर्नुभएको थियो । साधारणसभाले बैंकको नयाँ सञ्चालक समितिसमेत चयन गरेको छ ।
नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच