अफताब र प्रिन्सलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आइएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा पहिलो हुनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गर्नुभयो । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराउनुभयो ।

पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङ्तान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जित्नुभयो ।

नेपाल आइएफकेके संघद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि प्रदेश १ की सलिना खालिङ राई तथा ५० केजीमुनि बागमतीकी रिना माझीले बागमतीकी निङ्मा तामाङलाई पाखा लगाउँदै पहिलो हुनुभयो । सबै स्पर्धामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

विजेतालाई पूर्वसांसद रामकृष्ण चित्रकार, आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठ, ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?