सुदूरपश्चिम र पुलिसको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत काठमाडौंमा जारी ३४औं राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र नेपाल पुलिस क्लबले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमाञ्चलले प्रदेश नं. १ लाई १३ रनले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोड्न सफल भएको हो ।

सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १४४ रन जोडेको थियो । सुदूरपश्चिमलाई जित दिलाउने क्रममा वसन्त खत्रीले ४१ बलमा ५३ रन जोड्नुभयो । यस्तै, मिलन बोहराले ३० बलमा ४४ र लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । यस्तै, बलिङतर्फ प्रदेश १ का फिरदोश अन्सारीले ४ ओभरमा १७ रन दिएर ३ विकेट हात पार्नुभयो । यस्तै, दिपेश कँडेलले ४ ओभरमा २७ रनका साथ २ विकेट र कमल खत्रीले ४ ओभरमा २३ रन १ विकेट हात पार्नुभयो ।

१४५ रनको लक्ष्य पछ्याएको प्रदेश नं. १ ले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १३१ रनमात्र जोड्न सफल भयो । दिपेश कँडेल ३१ बलमा ३४ रन जोड्दै नटआउट रहनुभयो । फिरदोश अन्सारीले ३१ बलमा ३३ रन, सोनु मण्डलले १४ बलमा २६ रनका साथ नटआउट रहनुभयो र सन्दीप ढुंगानाले १४ बलमा १३ रन जोड्नुभयो ।

प्रदेश १ लाई पराजित गर्ने क्रममा म्यान अफ द म्याच मिलन बोहराले ४ ओभरमा १५ रनका साथ २ विकेट लिनुभयो । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले एक/एक विकेट लिनुभयो ।

कीर्तिपुर खेलमैदानमा नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको जित हात पा¥यो । टस जितेर फिल्डिङ रोजेको पुलिसले कर्णाली प्रदेशलाई १९.३ ओभरमा ८५ रनमा अलआउट गर्न सफल भयो । कर्णालीका रविन्द्र शाहीले ४१ बलमा २७ रन जोड्नुभयो । यस्तै, विपिन रावलले ३३ बलमा १७ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पुलिसका दिपेन्द्र सिंह ऐरीले ३.३ ओभरमा १७ रन दिँंदै ३ विकेट लिनुभयो । ललित राजबंशीले ४ ओभरमा २० रन दिँंदै ३ विकेट लिनुभयो । यस्तै, सागर ढकाल र मञ्जित श्रेष्ठले दुई÷दुई विकेट लिनुभयो ।

८६ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको पुलिस क्लबले १०.४ ओभरमा लक्ष्य भेट्टायो । पुलिसका सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४४ रन र कुशल भुर्तेलले ४० बलमा ५ चौका र १ छक्काको मद्दतले ३९ रन जोड्नुभयो । पुलिसको एकमात्र विकेट प्रकाश जैशीले लिनुभयो । उहाँले ३ ओभरमा २० रन दिनुभयो । यस्तै, दिनेश अधिकारीले १.४ ओभरमा २१ रन, अनुज चुनाराले १ ओभरमा १६ रन, दिवान पुनले ४ ओभरमा १५ रन र रविन्द्र शाहीले १ ओभरमा १५ रन दिनुभयो ।
प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका ललित राजबंशी घोषित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?