एनसेलको बोनस अफर

Read Time = 1 min

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले हरेक दिन सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले सय रुपैयाँको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनसस्वरूप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले एकदिनमा एकैपटक वा पटक–पटक गरी एक सय ५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनसस्वरूप प्राप्त गर्नेछन् ।

प्राप्त बोनस रकम तीन दिनका लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकैपटक वा पटक-पटक गरी दुई सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् । बोनस रकम तीन दिनका लागि मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?