पाकिस्तानमा पछिल्लो ६ महिनामा २२ सयभन्दा बढी घटना दर्ता

Read Time = 1 min

इस्लामावाद । पाकिस्तानमा पछिल्लो ६ महिनामा बाल हिंसासम्बन्धी दुई हजार दुई सयभन्दा बढी घटना दर्ता भएका छन् । हालै गरिएको एक अध्ययनले बालहिंसाका मात्र नभएर समग्र हिंसाका घटनाको संख्यामा वृद्धि भएको उल्लेख गरेको छ ।

बाल हिंसा केटा तथा केटी दुवै लिंगमाथि भएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बालहिंसाका कुल घटनामध्ये बालकविरुद्ध एक हजार चार घटना भएका छन् भने बालिकाविरुद्ध एक हजार २०७ घटना भएका छन् ।

घटना विवरण हेर्दा सामान्यत बलात्कार, यौन दुव्र्यवहार, अस्वभाविक स्पर्शलगायत घटना धेरै भएको देखिएको छ । प्रतिवेदनमा ८०३ बालबालिका अपहरणमा परेको उल्लेख गरिएको छ । तीमध्ये २९८ बालक अपहरणका घटना रहेका छन् भने २४३ वटा बालिका अपहरणका घटना छन् ।

घटनामध्ये ५२ प्रतिशत घटना शहरी क्षेत्रमा भएको देखिएको छ भने ग्रामीण क्षेत्रमा ४८ प्रतिशत घटना भएका छन् । बाल हिंसा पाकिस्तानको ठूलो समस्या र चुनौतीका रूपमा रहेको अध्ययनमा संलग्न पदाधिकारीहरूको भनाइ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?