धनगढीमा अनलाइनबाट ठगी गर्ने गिरोहका ९ जना पक्राउ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेको आरोपमा गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका–४ तारानगरमा अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिनुभयो ।

आईटी सेन्टर सन्चालन गरी अनलाइनबाट ठगी गर्ने गरेको आरोपमा ४ नेपाली सहित ५ भारतीय पक्राउ परेका हुन । पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार, २८ को कमल सुनार, डोटीको सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, कञ्चनपुरको पुर्नवास नगरपालिका–६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार रहेको डीएसपी चन्दले बताउनुभयो ।

यस्तै भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, २२ वर्षीय जयराम सुनार, भारतकै करोलबाग दिल्ली बस्ने २४ को निखिल कुमार र १९ वर्षीय प्रियंसु टापु रहेका छन् । उनीहरुको साथबाट लेनेभो कम्पनीका ९ थान ल्यापटक, डेल कम्पनीका २ थान ल्यापटप, बिभीन्न कम्पनीका ८ थान मोबाईल सेट र १२ थान हेडफोन र वल्र्डलिकंको राउटर लगाएतका सामान बरामद गरेको छ ।
उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायत बिभिन्न देशका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?