सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस

Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहनुभएका प्राध्यापक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।

हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको हो ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लाग्नुभएको छ । उहाँको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?