नापी कार्यालय नवलपरासीका अमिन ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग ४ हजार घुस लिएको आरोपमा ढकाललाई पक्राउ गरिएको हो । घुस लिएको पुष्टि हुन आएकाले अमिन ढकालविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार गत पुस ११ गते ढकाललाई सेवाग्राहीबाट ४ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ४ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय समेत हुन मागदाबी गरि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?