प्रदेश सभा सदस्यमा प्रदेश १ मा भक्ति सिटौलाको सम्भावना

Read Time = 5 mins

झापा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ क प्रदेश समानुपातिकमा नेपाली कांग्रेसबाट भक्ति सिटौलाको नाम प्रस्तावित भएको छ ।

प्रदेश समानुपातिक सदस्यको हकमा कांग्रेसमा प्रदेश क्षेत्रिय समितिले सुरु प्रस्ताव, क्षेत्रिय समिति, जिल्ला समिति हुँदै केन्द्रीय समितिको बोर्डमा आएर निर्णय हुने गर्छ । निर्णयको अन्तिम चरणमा रहेको प्रदेश समानुपातिकमा सिटौलाको अधिक चर्चा छ ।

किशोर अवस्थादेखि सकृय रहनु भएका नेता सिटौला यसपटक आफैं झापाको तल्लो क्षेत्रको प्रतिनिधित्व आवाज बुलन्द गर्ने मनसायमा हुनुहुन्छ ।

जिल्ला तहका नेताहरुले समेत यस पटक जिल्लामा चर्चित नेता सिटौलालाई समानुपातिकबाट भएपनि स्थानीय जनताको आवाज माथिसम्म पुर्याउने जिम्मेवारी दिनु पर्ने बताएका छन् ।

जिल्ला सदस्य तथा आदिवासी समुदायका अग्रज नेता सुकदेव ताजपुरियाले भन्नुभयो, ‘सधैं अरुका लागि ‘पुल’ बनेर काम गर्दै आउनु भएको भक्ति सिटौला यस पटक आफैं त्यस ठाउँमा पुग्नु पर्ने हामी सबैको इच्छा छ ।’ त्यो अवसर पाए स्थानीय स्तरमा तल्लो बेल्डका जनताले दैनिक भोग्दै आएका समस्या समाधान हुने उहाँले बताउनु भयो ।

प्रदेशभरिको योग्य व्यक्तिका रुपमा परिचित एवं लोकप्रिय नेता सिटौलाले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

सरल, जुझारु, बौद्धिक, निडर, अनुशासित राजनीतिज्ञको छवि बनाउनु भएका सिटौला २०३८ सालमा नेविसंघको जिल्ला सदस्य, २०४१ सालमा नेविसंघको जिल्ला सचिव यसैगरी २०४१ सालमा मेची क्याम्पस इकाई सभापति र स्ववियु सचिव उम्मेद्वार बनेर विद्यार्थी फाँटमा सकृय हुनु भएको थियो । २०४२ सालको सत्याग्रहमा उहाँ जिल्लामा भएका आन्दोलनको अग्रमोर्चामा सकृय भूमिकामा हुनु हुन्थ्यो ।

२०४६ को संयुक्त जन आन्दोलनमा यस क्षेत्रबाट अगुवायी गर्नेमा उहाँ अग्रस्थानमा हुनुहुन्थ्यो। सोही बेला सिटौला प्रहरी हिरासत र झापा कारागारमा थुनामा समेत पर्नुभएको थियो ।

२०४८ सालको नेपाली कांग्रेसको कलबल्गुडी अधिबेशनदेखि हालसम्म लगातार ७ पटक महाधिवेशन प्रतिनिधि र ४ पटक महासमिति सदस्य भएर पार्टीको जिम्मेवारी सम्हाल्दै आएका नेता सिटौलाले दुई कार्य काल जिल्ला सचिवको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।

लोकतन्त्र र सामाजिक रुपान्तरणका लागि छदाखाँदाको स्थायी शिक्षण पेसा छाडेर पूर्ण समय पार्टी र समाज सेवा गर्दै राजनीतिमा हाेमिनुभएकाे नेता सिटौलासँग पार्टीको केन्द्र र जिल्लाले तोकेका महत्वपूर्ण जिम्मेवारी पूरा गरेको अनुभव छ । प्रष्ट र प्रखरवक्ताका रुपमा परिचित सामान्य किसान परिवारकाे उहाँ जिल्लामा अत्यन्तै लोकप्रिय मानिनु हुन्छ ।

सबै नेता कार्यकर्तालाई समन्वय गर्न सक्ने नेता सिटौलामा स्वच्छ छवि एवं सरल व्यक्तित्व, जोसँग पनि सहजै मिल्न र घुलमिल हुने स्वभाव छ । यस पटक यो अवसर पाए उहाँमाथि न्याय हुने स्थानीय तथा जिल्ला तहका नेताहरुको राय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?