चोलेन्द्रशमशेरले मुछेका सात वकिलसँग समितिको सोधपुछ सुरु

Read Time = 1 min

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिनुभएको थियो ।

जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल सुरु गरेको हो ।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने बताइसकेका छन् । जबराले अधिवक्ताहरूले आफूलाई राजीनामा दिन भनेको, न्यायाधीश बनाइदिन भनेकोलगायतका आरोप लगाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?