भेटनरी डाक्टरको मोडलिङ मोह

Read Time = 1 min

काठमाडौं । भेटनरी डाक्टरको अध्ययनसँगै मोडलिङ र गायनमा आफुलाई संलग्न गराउँदै आउनुभएको छ सुजाता पाण्डेले । बुटवल जन्मथलो भएर बिगत केही वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै भेटनरी डाक्टरको अध्ययनसँगै गायन र मोडलिङमा आफूलाई संलग्न गराउँदै आउनुभएकी सुजाताले एक दर्जन जति म्युजिक भिडियोमा अभिनयका साथै केही गीतमा स्वर दिनुभएको छ ।

विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिसमेत दिनुभएको छ उहाँले । उत्कृष्ट नवगायिका, उत्कृष्ट मोडललगायत अवार्ड जित्नसमेत सफल हुनुभएको छ उहाँ ।

गायिका, मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने सुजाता यो क्षेत्रमा आफूलाई स्थापित गर्न कोसिसरत हुनुहुन्छ । ‘चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान कायम गर्छु’, उहाँ भन्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?