गठबन्धनले जित्नेमा विश्वस्त छु : दाहाल

Read Time = 3 mins

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताउनुभएको छ । शुक्रवार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताउनुभएको हो । उहाँले सबैले मतदाताले स्वतन्त्रतापूर्वक मत हाल्न पाउनुपर्ने बताउनु भयो । अध्यक्ष दाहालले जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘पहिलो कुरा यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन हो । यो सफल हुनुपर्दछ । सबैले स्वतन्त्रतापूर्वक र आत्मविश्वासको साथ यसमा सहभागी हुनुपर्दछ । मैले आफैँ हुर्केबढेको ठाउँको बुथमा आएर मतदान गर्दा मलाई खुशी लागेको छ । जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छ । जित हारकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन । हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौँ, राष्ट्र निकै अफ्ठ्यारो भएको बेलामा गठबन्धन बनेको हो । यो गठबन्धन जनता र देशका बुद्धिजीविहरुले यसको महत्व बुझेका छन् । गठबन्धनको विजयी हुन्छ । मैले धम्की दिएको होइन, जिम्मेवारीका साथ अपिल गरेको छु । काठमाडौंका मुख्य मिडियाबाट तोडमोड गरियो । मैले त्यस्तो भनेको होइन ।’

अध्यक्ष दाहालले चितवनमा आफ्ना मतदातालाई धम्की दिन नसक्ने भन्दै रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने कुरा झुटो भएको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?