दुर्गा प्रसाईँको काठमाडौं केन्द्रित आन्दोलन (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ ।

बानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन् । आर्थिक अन्यायको बिरुद्द र राजा फर्काउ अभियानलाई साथ दिँदै प्रसाईँको संयोजकत्वमा शनिबार बानेश्वर एभरेष्ट होटल अगाडि प्रदर्शन भएको छ ।

राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरिरहेका छन् ।

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गर्नुभएको थियो ।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?