काठमाडौं । पछिल्लो समय शान्त रहेका पेट्रोलियम व्यवसायीले फेरि आन्दोलनको चेतावनी दिन थालेका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमविरुद्ध संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । कमिसन वृद्धिलगायतका विषयमा निगमले पेट्रोलियम व्यवसायीसँग सम्झौता गरेर पनि सम्झौता कार्यान्वयनमा नल्याएको भन्दै व्यवसायीले अल्टिमेटमसहित आन्दोलनको तयारी गरेका छन् ।
केही वर्षअघि पेट्रोल पम्प व्यवसायीको कमिसन पुरानै व्यवस्थाअनुसार उपलब्ध गराउने विषयमा निगमले सम्झौता गरे पनि सम्झौता हालसम्म कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ । निगमले पाँच वर्षअघि पेट्रोल पम्प नियमन गर्न साधारण बिक्रेता नियमावली २०७५ जारी गरेको थियो । उक्त नियमावलीमार्फत् पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत प्रतिलिटर कमिसन उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमले घाटा बेहोरे पनि व्यवसायीले भने प्रतिलिटर छ रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका थिए । तर, तत्कालीन निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पम्प सञ्चालकले पाउँदै आएको कमिसनदर कटौती गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयपछि पम्प सञ्चालकले पेट्रोलमा २.८७ प्रतिशत र डिजेलमा २.३९ प्रतिशतका दरले मात्रै कमिसन पाउँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच