काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुद्दा खारेज गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरेर बताउनुभएको छ ।
सरकारको निर्णयको स्वागत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘देउवा सरकार तीनबुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रक्रिया तदारुकताका साथ अगाडि बढाउने र मुद्दा खारेजीका सम्बन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्धन्यायिक प्रकृतिका मुद्दाहरूलाई यथाशीघ्र फस्र्योेट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।’
सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीनबुँदे सहमति कार्यान्वयनलाई गुणात्मक प्रदान गरेको उल्लेख गरेका छन् ।
नेकपा र तत्कालीन केपी ओली नेतृत्वको सरकारबीच २०७७ फागुन २१ गते तीनबुँदे सहमति भएको थियो ।
त्यसपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि तीनबुँदे सहमतिअनुसार काम गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले तीनबुँदे सहमतिअनुसार पार्टीको दायित्वप्रति इमानदार र प्रतिबद्ध रहेको प्रष्टीकरण दिनुभएको छ ।
आफ्नो माग पूरा भएकोमा प्रकाण्डले विज्ञप्तिमार्फत देउवा सरकारको यो निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द बन्दी कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत वार्ता प्रक्रियामा सहभागी सबैलाई पार्टी धन्यवाद ज्ञापन गर्दै तीनबुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिष्ट पार्टीको दायित्वप्रति पार्टी इमानदार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरशः कार्यान्वयन गर्न दृढ भएको जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच