मुक्तिनाथद्वारा एक करोड बीमा सुविधा

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सर्वाधिक एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्डमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्ने खातावालाले आफ्ना लागि २१ लाख र परिवारका दुईजना सदस्यका लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउने बैंकले जनाएको छ । साथै विभिन्न १५ बैंकिङ सेवामा समेत छुट प्राप्त गर्न सकिने बताइएको छ ।

त्यस्तै, मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनमा न्यूनतम एक लाख मौज्दातमा खाता खोल्नेले आफ्ना लागि २१ लाख र परिवारका चार सदस्यका लागि ८० लाख गरी कुल एक करोड एक लाखसम्मको बीमा सुविधा पाउने बैंकले जनाएको छ । बीमा सुविधाअन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?