अरुणिमा कलेजमा रोजगार मेला

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका-६ स्थित अरुणिमा कलेजले सोमबार अरुणिमा रोजगार मेला आयोजना गरेको छ । कलेजका प्राचार्य केशवप्रसाद जोशीले रोजगारदाता र विद्यार्थीबीच अन्तरक्रिया गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो ।

मेलामा सोही कलेजका विद्यार्थीसहित अन्य क्याम्पसका विद्यार्थी र सर्वसाधारणको पनि सहभागिता रहेको थियो भने करिब सयजनाले मेलाको अवलोकन गरेको कलेजका प्राध्यापक तथा मेला आयोजक समिति सदस्य चिरञ्जीवी भट्टराईले बताउनुभयो ।

आयोजकका अनुसार मेलामा विभिन्न १५ व्यावसायिक कम्पनीले आफ्ना उत्पादनका साथै आफूहरूसँग भएको सम्भावनाबारेमा जानकारी प्रदान गरेका थिए । मेलामा सिभिल बैंक, ज्योति लाइफ इन्स्योरेन्स, जावलाखेल ग्रुप अफ इन्डस्ट्री, इन्द्रेणी फुडल्याण्डलगायत पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?