अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बताउनु भएको छ
'एकातिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,' नेता सिंहले भन्नुभयो, 'अर्कोतिर नेपाली काँग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ ।'
गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उहाँले बताउनु भयो। 'बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे,' उहाँले भन्नुभयो ।
यद्यपि आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाई छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताउनु भयो ।
'हिन्दु राज्यको बाटोमा एमाले हिँडेको र हिन्दु राष्ट्रको लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,' सिंहले भन्नुभयो, 'त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।'
-हरिप्रसाद भुसाल/न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच