आइएमई र युएनसिडिएफबीच अनुसन्धान सम्झौता

Read Time = 2 mins

काठमाडौं । आइएमई र युनाइटेड नेसन क्यापिटल डेभलपमेन्ट फण्ड (युएनसिडिएफ) बीच अनुसन्धानका लागि सम्झौता भएको छ । सम्झौताअनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन सहकार्य हुनेछ ।

सम्झौता खासगरी महिला रेमिट्यान्स प्राप्तकर्ताका समस्या र समस्या न्यूनीकरणमा केन्द्रित रहने बताइएको छ । डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामीण क्षेत्रमा बैंकिङ पहुँचमा सुधार ल्याउन सहयोग पुग्नेछ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई रेमिट्यान्स सेवा उद्यमका रूपमा विकसित भई नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको बताउनुभयो ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधार निर्माण गरिरहेको जानकारी दिँदै युएनसिडिएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । सन् २०२१ देखि आइएमई र युएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?