नागरिकता विधेयक पास नगर्न आदेश माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ ।

बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो ।

संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवै सदनले परिमार्जन नगरि हतार प्रमाणीकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?