बोटका स्मार्टवाच र इयरबड

Read Time = 3 mins

काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर १ वायरलेस हियरेबल ब्राण्ड बोटका स्मार्टवाच र इयरबड नेपाली बजारमा भित्रिएका छन् । स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङले नेपाली बजारमा ल्याएको हो ।

क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यसको नवीनतम चार्ज टेक्नोलोजीले सात दिनसम्म पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि शतप्रतिसम्म चार्ज गर्छ भने आइपी ६७ ले पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ ।

वेभ प्रो ४७ को मूल्य छ हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको वोट एक्स्टेण्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । जसमा फिटनेस वाचका सुविधाका साथै सात सयभन्दा बढी सक्रिय मोड रहेका छन् । स्मार्टवाचले निन्द्राको गतिविधिदेखि पोस्ट वर्कआउटका लागि क्यालोरी ट्र्याक गर्ने कम्पनीको दाबी छ । जसको मूल्य छ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्याण्ड रकेर्ज ३३० र रकेर्र्ज २५५ प्रो प्लस पनि ल्याएको छ । जसको तीन हजार तीन सय ९९ सय रुपैयाँ रहेको छ । टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जालानले भन्नुभयो, ‘विगत केही महिनादेखि हामीले हाम्रा उपभोक्तालाई विभिन्न उत्पादन र विशेष सेवा प्रदान गर्न र हाम्रा सेवा सुधार गर्न लागिपरेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई वोट स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?