रवि लामिछाने लक्षित प्रधानमन्त्रीको टिप्पणी : ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने हामीले देखेका छौं 

हिमालय टाइम्स
Read Time = 2 mins

तनहुँ ।  १० वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि तनहुँ १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई गठबन्धनका शीर्षनेताहरुले भोट मागेका छन् । तनहुँमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोट मागेका हुन् ।

प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गोविन्द भट्टराईको पक्षमा भोट माग्नुभएको छ ।

सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने लक्षित टिप्पणी समेत गर्नुभएको छ । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले हिजोमात्रै क्याबिनेटबाट निर्णय गरेका छौं । यो सामान्य निर्णय होइन, कुरा गहिरो छ बुझ्नु होला । ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने हामीले देखेका छौं । यो सरकारले सुशासनमा गम्भीर कदम चालेको छ ।’

लामिछाने गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको भन्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निर्णय लिएको उहाँले बताउनु भयो ।

तनहुँ आफैँमा ऐतिहासिक रहेको बताउँदे उहाँले भानुभक्त आचार्य र वर्तमान राष्ट्रपति रामचन्द्र पोडेल जस्तो व्यक्ति जन्माउने यस क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए विकासको मूल फुटाउने समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?