गौरीगंगा गोल्डकप चैत २१ देखि

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ हुने भएको छ । ‘खेलौँ फुटबल रमेर, फुटबलको सन्देश, शान्ति, स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा-११ स्पोर्ट्स क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन, नगर क्षेत्रलाई खेलकुदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद चार लाख र उपविजेतालाई नगद दुई लाख पुरस्कार प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत अन्य विधाका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइनेछ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई नगद पाँच हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?