लगानी सम्मेलनका लागि होटल संघ नेपालका अध्यक्ष साहका पाँच सुझाव (भिडियाे)

न्युज एजेन्सी नेपाल
Read Time = 5 mins

काठमाडाैं । होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक-एक मेगा प्रोजेक्ट लगानी सम्मेलनमा सरकारले देखाउनु सक्नुपर्ने बताउनुभएको छ ।

सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक-एक मेगा प्रोजेक्ट फाइनल गर्नुपर्ने सुझाव दिनुभएको हो । अध्यक्ष साहले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा लगानी सम्मेलनमा सरकारले विदेशी लगानी आकर्षण गर्नको लागि ठूला मेगा परियोजनाहरु देखाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्न आवश्यक रहेको भन्दै त्यसले ठूलो प्रतिफल आउन सक्ने सुझाव राख्नुभयो ।

अध्यक्ष साहले लगानी सम्मेलनमा सरकारले पर्यटन,आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेकाले विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले स्वदेशी र विदेशी लगानी संरक्षण गर्नको लागि सरकारले विद्यमान नीति नियम र ऐनहरु परिमार्जन तथा संशोधन गर्न सुझाव दिनुभयो । उहाँले नेपालका होटलहरु उद्योगको वर्गिकरणमा नपर्ने गरेको भन्दै औधोगिक व्यवसाय ऐन संशोधन आगामी लगानी सम्मेलन भन्दा अघि गर्नु पर्ने बताउनु भयो ।

उहाँले विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरु भए समिक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनमा भएका प्रतिवद्धता सम्मेलनपछि कति कार्यान्वयन भए/नभएको अनुगमन गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले विदेशी चेन होटल र स्वदेशी लगानीमा सञ्चालन भएका होटललाई समान्न रुपमा हेर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरुसँग छलफल गर्न आवश्यक रहेको बताउन बताउनु भयो ।

पाँच सुझाव यस्ता छन् :

१) तेस्रो लगानी सम्मेलनमा सरकारले पर्यटन,आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेको छ । नेपालका पर्यटकको व्यापक सम्भावना छ । तर सम्भावना हुँदाहुँदै पनि त्यसबाट प्रतिफल पाउन नसकेको अवस्थामा नेपालले कति पर्यटकलाई सेवा दिनसक्छ । होटल क्षेत्रको आवश्यक विकास गरिसकेका छौं । लगानी सम्मेलनमा विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिनुपर्छ ।

२) स्वदेशी र विदेशी लगानी संरक्षण गर्नको लागि सरकारले विद्यमान नीति नियम र ऐनहरु परिमार्जन तथा संशोधन हुनुपर्छ । नेपालका होटलहरु उद्योगको वर्गिकरणमा पर्दैनौं । उद्योगमा दर्ता गरेर लगानी गरे पनि सरकारी सेवा सुविधाहरु हेर्दा सेवा क्षेत्रको मात्रै पाइन्छ । औधोगिक व्यवसाय ऐन संशोधन आगामी लगानी सम्मेलन भन्दा अघि गर्नुपर्छ ।

३) विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरु भए समिक्षा गर्न आवश्यक छ । लगानी सम्मेलनमा भएका प्रतिवद्धता सम्मेलनपछि कति भए भएन भन्ने अनुगमन गर्न आवश्यक छ । त्यो भएको छ वा छैन समिक्षा गर्नुपर्छ ।

४) विदेशी चेन होटल र स्वदेशी लगानीमा सञ्चालन भएका होटललाई समान्न रुपमा हेर्नु आवश्यक छ । लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरुसँग छलफल गर्नु आवश्यक छ । ठूला छाता संगठनहरुसँग मात्रै छलफल गरेको देखिन्छ । लगानी सम्मेलनको विषयमा प्रत्यक्ष रुपमा छलफलमा सहभागिता गराउनु पर्छ ।

५) सरकारले लगानी सम्मेलनमा विदेशी लगानी आकर्षण गर्नको लागि ठूला मेगा परियोजनाहरु देखाउन सक्नुपर्छ । सात प्रदेशमा एक-एक वटा मेगा परियोजनामा लगानी आउने गरी सरकारले तयारी गर्नुपर्छ । मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्नसके अझ ठूलो प्रतिफल आउन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?