परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु)को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवर्द्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?