धनकुटा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको छ।
आक्रमण प्रयास गरेका महेश राईलाई प्रहरीले पक्राउ गरेको छ । उनी अतिथि सत्कारको लाइनमा बसेका थिए । उनले ओलीमाथि हात उठाएर मुक्का हान्ने प्रयास गरेको भिडियोमा देख्न सकिन्छ ।
भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फको यात्रामा रहनुभएको अध्यक्ष ओलीलाई अतिथि सत्कारको लाइनमा बसेका मानिसलाई छिचोल्दै राई अघि बढेपछि उनलाई सुरक्षाकर्मीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।
उनको आक्रमणको प्रयास बारे केही खुलेको छैन ।
प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ। एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी हुनुहुन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच