दुई फरक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीनजना सार्वजनिक

Read Time = 2 mins

प्रकाश नेपाल/हिटा
इलाम । इलाममा भएका दुईवटा हत्यामा संलग्न अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाम नगरपालिका-८ सिङफिरिङकी ३१ वर्षीय विनिता काफ्ले र देउमाई नगरपालिका-७ का सन्तोषवाला राईका हत्यारालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामले बुधबार पत्रकार सम्मेलन गरी दुईवटा घटनाका हत्यारालाई सार्वजनिक गरेको हो ।

इलाम नगरपालिका-८ सिङफ्रिङकी विनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार मृतक विनिता र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको खुलेको छ । विनिताको श्रीमान्को दुई वर्षअघि मात्र विदेशमा मृत्यु भएको परिवारको भनाइ छ ।

त्यस्तै, इलाम देउमाई नगरपालिका-७ का सन्तोषवाला राईको हत्या अभियोगमा सोही ठाउँका भुपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएको १६ गते शुक्रबार देउमाई–७ चुली गाउँस्थित पूर्णबहादुर दहालको भिरालो जमिनमा सन्तोषवाला राईको शव फेला परेको थियो । खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा संलग्न भएको भन्दै भुपेन र चन्द राई दाजुभाइलाई पक्राउ गरेको छ । दुवै घटनामा संलग्नहरूलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?