यस्तो छ तपाईंको असार २८ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार २८ गते मंगलबार, ई.सं.- १२ जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष त्रयोदशी, ०५ः१९ बजे उप्रान्त चतुर्दशी, नक्षत्र- मूल, योग- ब्रह्म, करण- तैतिल, चन्द्रराशि- धनु, सूर्योदयः ५ः१६, सूर्यास्तः १९ः०० ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : दृष्टिदोष वा गलत चिन्तनले भ्रमित तुल्याउन सक्छ ।

कुम्भ : वादविवाद, असमझदारी, आलोचना जस्ता विघ्नबाधा आउनेछन् ।

मीन : स्थायी भन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?