दराजको नयाँ वर्ष अफर

Read Time = 2 mins

काठमाडौं । किनौं सबै दराजमा भन्ने नाराका साथ अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान नववर्ष उत्सवः नयाँ वर्ष नयाँ रहर घोषणा गरेको छ । अभियानका लागि दराजले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरसँग साझेदारी गरेको छ । अभियानअन्तर्गत मेगा गिभ-अवेमा रिलयमी जिटी टु प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा पाँच हजारसम्म छुट र प्रि-पेमेन्टमा एक हजार रुपैयाँसम्म छुट रहेको छ ।

नबिल बैक, ग्लोबल आइएमई, एनआइसी एसिया, सानिमा, नेपाल बैंक, प्रभु, नेपाल एसबिआई बैंकका कार्ड भएका ग्राहकले प्रि-पेमेन्टमा २० प्रतिशत अर्थात् एक हजार रुपैयाँसम्म छुट पाउनेछन् । त्यसैगरी आइएमई पेमार्फत् प्रि-पेमेन्टमा १० प्रतिशत वा अधिकतम दुई सय र इसेवामार्फत् १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । आफूलाई मनपर्ने ब्राण्ड खरिद गर्दा ७० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । छुट योजना अप्रिल २० सम्म लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?