निहारिका र शिवराज वैवाहिक बन्धनमा बाँधिए

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कुमारी आमाको नामले चिनिएकी निहारिका राजपुत र शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले जनकपुरको जानकी मन्दिरमा आज विवाह गरेका हुन् ।

निहारिका र शिवराजबीच मुद्दा मामिलासमेत चलेको थियो । माघ १७ गते जिल्ला अदालत धनुषामा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम उनीहरुबीच मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।

यसअघि निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?