विद्यालयलाई रिद्धिसिद्धिद्वारा कम्प्युटर

Read Time = 1 min

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले भन्नुभयो, ‘हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र राक्सिराङ कैलाश, मनहरीलगायतका आर्थिकरूपमा विपन्न विद्यार्थीले लाभान्वित हुने गरी हामीले यो शैक्षिक सामग्री वितरण गरेका हौँ ।’

क्याम्पसका अध्यक्ष तथा पूर्व सांसद ओमबहादुर घलानले कम्पनीको सहयोगप्रति आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकासका लागि सो क्षेत्रका जनताले सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?