भक्कानिँदै बिदा भए फेडेरर

Read Time = 2 mins

इंग्ल्याण्ड । टेनिस स्टार रोजर फेडेररले व्यावसायिक टेनिस खेल जीवनबाट सन्न्यास लिनुभएको छ । इंग्लयाण्डमा जारी लाभेर कप टेनिसअन्तर्गत स्पेनिस स्टार राफायल नाडालसँग युगल प्रतिस्पर्धामा उत्रनुभएका फेडेररले व्यावसायिक टेनिस खेलबाट बिदाइ लिनुभएको हो । सन्न्यासको घोषणा गरिरहँदा भावुक बन्नुभएका फेडेररलाई हेरेर दर्शकमा समेत रुवाबासी चलेको थियो ।

२० पटकको ग्राण्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुनुहुन्छ । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औं प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गर्नुभएको हो ।

सन्न्यासका दौरान फेडेररसँगै रहनुभएका उहाँका समकालीन प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल पनि रुनुभएको थियो । १७ हजार पाँच सय समर्थकमाझ फेडेररले सन्न्यास लिनुभएको थियो । सन् १९९८ मा व्यावसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गर्नुभएका फेडेररले पहिलोपटक २००३ मा ग्राण्डस्लाम उपाधि विम्बल्डन टेनिस जित्नुभएको थियो । फेडेररले आठ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, पाँच युएस ओपन र एक फ्रेन्च ओपन जित्नुभएको छ । फेडेररका श्रीमती मिर्का पनि टेनिस खेलाडी हुनुहुन्छ । उहाँहरूका दुई जुम्ल्याहा सन्तान छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?