-रमेश विश्वकर्मा
गुल्मी। गुल्मीको एक स्थानीय तहले नागरिकको विद्युत महशुल भुक्तानी गरिदिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार नागरिकको विद्युत महशुल भुक्तानी गरेको हो ।
विद्युत महशुल भुक्तानी गर्न नसक्ने नागरिकहरूलाई लक्षित गरी गाउँपालिकाले पाँच हजार ५२४ जना नागरिकको विद्युत महशुल भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको विद्युत महशुल भुक्तानी गरिएको हो । साउन, भदौ र असोज तीन महिनाको कूल सात लाख ३२ हजार ६९० रुपैयाँ एकमुस्ट भुक्तानी गरिएको छ ।
यहाँका नागरिकहरूले प्रयोग गर्ने सामुदायिक विद्युतको १० युनिट सम्म र सरकारी विद्युतको २० युनिट सम्म विद्युत महशुल पालिकाबाट भुक्तानी दिने नीति बनाइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
विद्युत महशुल पालिकाले २५ लाख बजेट विनियोजन गरेको थियो । यसरी गाउँपालिकाबाट विधुत महशुल भुक्तानी गरिदिएपछि आम नागरिकले खुसी व्यक्त गर्नु भएको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका