चक्कर गाविसका तत्कालीन सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नौ लाख ७६ हजार ९०० रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मण्डलले गैरकानुनी ढंगले रञ्जित साह भन्ने व्यक्तिलाई पटक-पटक पेस्की रकम दिई अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । गाविसको कार्यकारिणी समितिले उक्त गाउँ विकास समिति अन्तर्गतका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको र सो कामको लागि कुनै रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव रामरतन मण्डल (केवट)ले नागेन्द्र भन्ने रञ्जित साहलाई पटक-पटक पेस्की दिने काम गरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।
उक्त पेस्की रकम दिए पनि फरफारक नगरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले रकम लिने साहविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?