ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हासिल गरेको छ । फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३-१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो ।
सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५-२१, २५-१७, २१-२५ र २५-२१ को स्कोरमा पराजित गर्यो । यसअघि सेमिफाइनलमा पाथीभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजंगा गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
जितसँगै सिदिङ्वाले दुई लाख ७५ हजार एक सयका साथ रनिङकप, मेडल प्रमाणपत्र पाएको छ । उपविजेता पाथीभरा याङ्वरक गाउँपालिका एक लाख ४० हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार भएको छ ।
सेमिफाइनलमा पुग्ने दुई टिम क्रमशः फुङ्लिङ नगरपालिका र सिरिजंगा गाउँपालिका प्रत्येकले ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवं फुङ्लिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच