इसेवाको सिइओ खड्का

Read Time = 2 mins

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जगदिश खड्का नियुक्त हुनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सिइओमा नियुक्त गरेको हो ।

नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनीयतताको सपथ खुवाउनुभयो । उहाँसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ । उहाँ यसअघि एफवान सफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टर हुुनुहुन्थ्यो ।

कार्यभार सम्हाल्दै नवनियुक्त सिइओ खड्काले भन्नुभयो, ‘डिजिटल भुक्तानी क्षेत्रलाई अघि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको डिजिटल भुक्तानी क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छु ।’

उहाँले अगाडि भन्नुभयो, ‘मैले इसेवाका सेवालाई अझ विस्तार गरी आममानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्नेछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?