-रमेश विश्वकर्मा
गुल्मी । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गुल्मी जिल्लाका १६ खेलाडी सहभागी हुने भएका छन् । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिताबाट यस जिल्लाका १६ खेलाडीहरु विभिन्न खेल विधाका लागि सहभागी हुने भएका हुन् ।
भलिबल, ब्याड्मिन्टन, तेक्वान्दो, आईटिएफ तेक्वान्दो, बक्सिङ, कबड्डी खेलका लागि यस जिल्लाबाट १६ जना खेलाडी सहभागि हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल खेलका लागि पुरुषतर्फ चिरञ्जीवी खड्का, वविन खड्का र महिलातर्फ विनाकुमारी मगर (बुनु) सहभागि हुुने भएका छन् ।
ब्याड्मिन्टन खेलका लागि पुरुषतर्फ मनोज फौदार, तेक्वान्दो खेलका लागि पुरुषतर्फ प्रकाश खासु, आईटिएफ तेक्वान्दो महिलातर्फ सविना श्रेष्ठ, पुजा रसाइली, ममता श्रीपाली र आईटिएफ तेक्वान्दो पुरुषतर्फ सागर मल्ल सहभागि हुने भएका छन् ।
त्यस्तै, बक्सिङ खेलका लागि पुरुषतर्फ अमर पल्ली, तुलबहादुर गाहा र सागर बोहोरा सभागी हुने भएका छन् । कबड्डी खेलका लागि महिलातर्फ विष्णु सोमरे, सुस्मिता थापा, धनमाया कुमाल र तृष्णा तरामु मगर सहभागि हुने भएका छन् ।
यस जिल्लाले लुम्बिी प्रदेश स्तरीय छनोट प्रतियोगितामा विभिन्न पदक प्राप्त गरेको छ । भलिबल पुरुषतर्फ एक स्वर्ण, कबड्डी महिलातर्फ एक रजत, आईटिएफ तेक्वान्दोतर्फ पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक प्राप्त गरेको छ । तेक्वान्दोतर्फ एक स्वर्ण र सात रजत प्राप्त गरेको छ ।
त्यस्तै, शारिरीक सुगठनतर्फ एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । कराँतेतर्फ दुई कास्य, ब्याडमिन्टनतर्फ एक कास्य र बक्सिङतर्फ तीन स्वर्ण र दुई कास्य प्राप्त गरेको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिताको लागि यस जिल्लाले १२ खेल विधाका लागि १५८ जना खेलाडी सहभागि गराएको । जसमा पुरुष ९६ जना र महिला ६२ जना सहभागि रहेको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच