समुन्नतीको पहिलो आधार शिक्षा : नगरप्रमुख पन्थी

Read Time = 2 mins

गुल्मी । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले समुन्नतीको पहिलो आधार नै शिक्षा बताउनुभएको छ । रेसुंगा नगपालिका–८, खानीगाउँमा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालयले आयोजना गरेको विजया दशमी तथा शुभ दीपाली एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमुख पन्थीले यस्तो बताउनुभएको हो ।

सबै बालबालिकाको शिक्षा प्राप्तीको अधिकार सुनिश्चित गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । केहि समयअघि सदरमुकाम तमघासका सडक बालबालिकाहरुको व्यवस्थापन गर्नुभएका नगरप्रमुख पन्थीले भन्नुभयो, “सबैसँगको सहकार्यमा सदरमुकाम तम्घासका १८ जना सडक बालबालिकाहरुलाई शिक्षासँग जोडेका छौं । ती बालबालिकाहरुले महेन्द्र माध्यमिक विद्यालयको मीनि होस्टेलमा बसी नियमित पठनपाठन गरिरहेका छन् ।” सडक बालबालिकालाई शिक्षासँग जोडी पढ्न पाउँने अधिकारको सुनिश्चित गर्न सक्नु आफ्नो लागि अरबौंको भौतिक संरचना निर्माण गर्नुभन्दा ठुलो कार्य भएको दाबी गर्नुभयो ।

“नगरपालिकाले एसईईमा ३.२ जिपिएभन्दा बढि लिई जिपिए उत्तिर्ण हुने विद्यार्थीलाई अध्ययनका लागि मासिक चार हजार रुपियाँ छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेका छौं ।”उहाँले भन्नुभयो,“यस कार्यको अभिभावक संघीय सरकारका शिक्षा सचिवले सम्म प्रशंसा गर्नुभएको छ ।”नगरपालिकाले कुनै बालबालिका पढ्नबाट बञ्चित हुने अवस्थाको अन्त्य गरेको उल्लेख गर्नुभयो । नगरपालिका भित्र रहेका सबै विद्यालयहरुको शैक्षिक सुधारका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?