कोपनहेगनमाथि सिटीको फराकिलो जित, हालाण्डले गरे दुई गोल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो ।

सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे । ५५ औं मिनेटमा महरेजले पेनाल्टीबाट गोल गर्दा सिटीको अग्रता ४-० को बन्यो ।

त्यसपछि खेलको ७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ । सिटी अन्तिम १६ को निक समेत पुगेको छ ।

समूह ‘जी’ को सिटीले तीन खेलमा नौ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा रहेको छ । कोपनहेगन एक अंक जोडेर पुछारमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?