गठबन्धन र लोसपाको वार्ता सकारात्मक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय निर्वाचनको उम्मेदावारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा नेपाल०बीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

जनता समाजवादी पार्टीले सिट बाँटफाँडमा असन्तुष्टी जनाउँदै सत्तारुढ गठबन्धन छाडेलगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपा नेपालका नेताहरु अपरान्ह बिहीबार प्रधानमन्त्री निवास पुगेका थिए।

लोसपाका नेताहरु लोसपाका नेताहरु शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आवद्ध गठबन्धनका नेताहरुसँग छलफल गरेका थिए।

छलफलमा उनीहरुले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ। लोसपाका नेता जितेन्द्र सोनाका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?