‘युक्रेन युद्ध दशकौंसम्म हुनसक्छ’

Read Time = 1 min

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौंसम्म जारी रहनसक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवं पूर्वराष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौंसम्म जारी रहन सक्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआइएले जनाएको छ । ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौंसम्म चल्नेछ’, आरआइएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

उहाँ मेदभदेव प्रायः कडा टिप्पणी गर्नुहुन्छ । गत महिना उहाँले युक्रेनी अधिकारीलाई ‘संक्रमण’का रूपमा वर्णन गर्नुभएको थियो । साथै उहाँले युक्रेनलाई ‘नाजी राज्य’ भन्नुभएको थियो । मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ । गत जनवरीमा उहाँले रुस पराजित भए आणविक युद्ध सुरु गर्नसक्ने बताउनुभएको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?