निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज (कार्यतालिकासहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गतेको लागि तय भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी दर्ता आज हुँदैछ।

निर्वाचन आयोग नेपालका अनुसार असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।

दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उमेदवारको बन्दसूची पनि आयोगमा बुझाइसकेका छन् ।

यस्तो छ उम्मेदवारी दर्ताको कार्यतालिका :

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?